एजेन्सी । कम्प्युटर अपरेटिङ सिस्टम निर्माता माइक्रोसफ्टले सामाजिक संजाल लिंक्डइन किन्ने भएको छ । बिशेषगरी कर्पोरेट जगतका कर्मचारीहरुवीच लोकप्रिय सामाजिक संजाल लिंक्डइनको सम्पूर्ण सेयर माइक्रोसफ्टले खरिद गर्ने भएको हो ।
गत सोमबार दुवै कम्पनीवीच यो समझदारी भएको छ । माइक्रोसफ्टले लिंक्डइनको प्रतिसेयर १९६ डलरका दरले किन्न लागेको हो । जसअनुसार लिंक्डइनको मूल्य २६ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ ।
माइक्रोसफ्टले अक्वायर गरेपछि पनि लिंक्डइनको स्वन्तत्र अस्तित्व भने समाप्त हुने छैन् । यसका प्रमुख कार्यकारी अधिकृत जेफ वीनर कम्पनीको सिइओकै रुपमा रहनेछन् भने उनले अब माइक्रोसफ्टका सिइओ सत्य नादेलालाई रिपोर्टिङ गर्नेछन् ।
यसअघि फेसबुकले ह्वाट्सएप र इन्स्टाग्रामलाई पनि यही मोडलमा खरिद गरेको थियो ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नादेलाले आफ्ना कर्मचारीलाई इमेल लेख्दै बिश्वकै ठूलो प्रोफेसनल नेटवर्क लिंक्डइन र ठूलो सफ्टवेयर उत्पादक माइक्रोसफ्टवीच भएको यो सहकार्यले अर्को अध्याय सिर्जना गर्ने बताएका छन् ।
फेसबुकभन्दा मूल्यवान बन्न सक्छः बिल गेट्स
यसैवीच माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो कम्पनी मातहत आएपछि लिक्डइन फेसबुक न्यूज फिडभन्दा पनि मूल्यवान बन्न सक्ने बताएका छन् ।
ब्लुमबर्ग टेलिभिजनसँगको कुराकानीमा गेट्सले भने- लिंक्डइनले धेरै कुरा लिएर हामीसँग आएको छ, तपार्इ मान्नुहोस् कि, सामाजिक संजालको दुनियाँमा फेसबुक न्यूज फिड जति मूल्यवान छ, हामीले लिंक्डइनलाई पनि केही बर्षमा हामीले त्यही हैसियतमा पुर्याउने छौं ।’
source:http://www.onlinekhabar.com/2016/06/441901/
Post a Comment