लोकप्रिय सोसल म्यासेजिङ एप भाइबारमा तीनवटा नयाँ सुविधा थपिएका छन् । एन्ड्रोइड र एप्पलका लागि हालै सार्वजनिक गरिएको नयाँ भर्सनको एपमा भाइबरले यी तीन नयाँ सुविधा उपलब्ध गराएको हो । जसअनुसार अब भाइबर म्यासेज ब्याकअप र रिस्टोर गर्न सकिने भएको छ भने चलायनमान तस्विर(जीअाइएफ) पनि पठाउन सकिने छ । सवैभन्दा महत्वपूर्ण फिचरचाहिँ अब भाइबरबाटै साथी र अाफन्तलार्इ पैसा पठाउन सकिने छ ।
१. म्यासेज ब्याकअप गर्न सकिने
तपाइँकी प्रेमिकासँग पहिलोपटक भाइबरमा कुरा हुँदा केे-के सम्बाद भएका थिए ? भाइबर च्याटमा दिएका महत्वपूर्ण नम्बरहरु सेभ गर्न पो भुल्नुभएको थियो कि ? भाइबर एप अनइन्स्टल गर्दा वा नयाँ डिभाइसमा चलाउँदा पुराना सम्बाद सवै हराउने समस्याले प्रयोगकर्ता हैरान थिए ।
तर, अब भाइबरले पुराना सम्बादहरु सवै ब्याकअप गर्न सकिने सुविधा उपलब्ध गराएको छ । जसअनुसार प्रयोगकर्ताले एप्पल आइक्लाउड वा गुगल ड्राइभमा आफ्ना च्याट म्यासेजको सवै इतिहास ब्याकअप गर्न सक्नेछन् ।
यदि तपाइँले पुरानै नम्बर नयाँ फोनमा हाल्नुभयो भने त्यसरी ब्याकअप गरिएका सवै च्याट नयाँ फोनमा रिस्टोर गर्न पनि सकिन्छ । तर, एन्ड्रोइड एपको आईओएसमा र आईओएसको एन्ड्रोइडमा भने रिस्टोर गर्न मिल्दैन । अर्थात, अपरेटिङ सिस्टम र फोन नम्बर चाहिँ एउटै हुनु जरुरी छ ।

यसरी गर्नुहोस् ब्याकअप र रिस्टोर
सवैभन्दा पहिले तपाइँको अकाउन्ट क्लाउड सर्भिसमा जोडिएको छ भन्नेमा निश्चित हुनुहोस् । त्यसपछि भाइबरमा रहेको More Screen अप्सन क्लिक गरी Settings मा जानुहोस् । त्यसपछि Backup Viber अप्सन क्लिक गर्नुहोस्। अब तपाइँको भाइबर क्लाउडमा ब्याकअप हुनेछ, त्यतिन्जेल कुर्नुहोस् ।
यदि तपाइँ क्लाउड सर्भिसमा जोडिनुभएको छैन भने सेटिङमा गएर क्लाउड अकाउन्ट लगइन गर्नुहोस् ।
यदि तपाइँ क्लाउड सर्भिसमा जोडिनुभएको छैन भने सेटिङमा गएर क्लाउड अकाउन्ट लगइन गर्नुहोस् ।
कसरी रिस्टोर गर्ने ?
पहिले तपाइँले जुन क्लाउड अकाउन्टमा ब्याकअप गर्नुभएको हो, त्यो अकाउन्ट लगइन गरिएको बिषयमा निश्चित हुनुहोस् । नबिर्सनुस् कि, आइक्लाउडमा सेभ गरिएको डाटा एन्ड्रोइडमा र गुगल ड्राइभमा सेभ गरिएको डाटा आइओएस डिभाइसमा रिस्टोर हुन सक्दैन् ।
अब तपाइँले भाइबर एक्टिभेट गर्नुहोस् र Restore Viber content सेलेक्ट गर्नुहोस् । रिस्टोर हुन धेरै समय लाग्ने भएकाले तपाइँले राम्रो गतिको वाईफाइ भएका बेला मात्र रिस्टोर गर्नु उपयुक्त हुन्छ ।
के सवै डाटा रिस्टोर हुन्छन् ?

अहँ, यहाँ केही सिमितता छन् । यी कुराहरु रिस्टोर हुँदैनन् ।
१. तपाइँले अरुलाई पठाएका फोटो र भिडियो
२. तपाइँले कुनै फाइल पठाउनुभएको छ भने फाइल म्यासेज त देखिने छ तर फाइलमा भएको कन्टेन्ट भने खुल्नेछैन् ।
३. सेण्ड गर्न खोजिएका तर सेण्ड नभइ पेण्डिङमा बसेका म्यासेजहरु
४. ग्रुप लाइक र सेटिङ
५. ब्याकप गरिएका कुनै पनि म्यासेज अन्य डिभाइसहरु जस्तै कम्प्युटर वा ट्याबलेटमा देखिने छैनन् ।

२. अर्को सुविधाः जीआईएफ इमेज पठाउन सकिने
अब भाइबरमा जीआईएफ अर्थात चलायमान तस्वीरहरु समेत पठाउन सकिने भएको छ । यसअघि धेरै म्यासेजिङ एपहरुले यस्तो फिचर ल्याइसकेका कारण भाइबरले ल्याउनु कुनै नौलो बिषय नभए पनि ह्वाट्एपजस्ता प्रतिस्पर्धीहरुले यस्तो सुविधा नल्याएका कारण अझै पनि भाइबर प्रयोगकर्ताले यसमा आनन्द लिन सक्छन् ।
३. भाइबरबाटै मनी ट्रान्सफर सुविधा
सोसल मिडियापछि अर्को शक्तिशाली प्रोडक्टका रुपमा उदाएका म्यासेजिङ एपहरुले धेरै सुविधाहरु आफुमा समावेश गरिरहेका छन् । यसैक्रममा भाइबरले मनी ट्रान्सफर सेवा सुरु गरेको छ । हाल अमेरिकाका प्रयोगकर्ताका लागि मात्र खुला गरिएको यो सुविधाबाट प्रयोगकर्ताले २ सय मुलुकमा वेष्टर्न युनियन मनी ट्रान्सफरमार्फत् पैसा पठाउन सक्नेछन् ।
बिश्वकै सवैभन्दा ठूलो मनी ट्रान्सफर संजाल वेष्टर्न युनियनसँगको सहकार्यमा भाइबरले यो सुविधा सुरु गरेको हो । प्रयोगकर्ताले अब ४ सय ९९ डलरसम्म सिधै भाइबरबाट पठाउन सक्नेछन् । प्राप्त गर्ने मानिसले नजिकको वेष्टर्न युनियनको भुक्तानी काउन्टरबाट रकम पाउनेछन् । ५० वटा देशमा चाहिँ यसरी पठाएको पैसा सिधै बैंक अकाउन्टमा जम्मा हुने सुविधा छ ।
source:http://www.onlinekhabar.com/2016/06/440838/
Post a Comment