0
Chitwan-dhamaka-(1)
दोहा । ईस्लाम धर्मावलम्बीहरुको महानपर्व ईदुल उल फित्रको अवसर पारेर कतारमा आयोजना गर्न लागिएको चितवन धमाका साँझ २०१६ मा लोकदोहोरी गायिका भुमिका गिरीले कतारका दर्शकलाई नचाउने भएकी छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नक्कल गर्दै हाँस्यव्यंग मार्फत प्रख्यात बनेका कलाकार ज्योति काफ्लेलेे कतारका दर्शकलाई हँसाउने भएका छन् ।
चितवन यूवा समूह कतारले ईदको अवसरका आयोजना गर्न लागेको कार्यक्रममा गायिका गिरी र काफ्ले लगायत आधा दर्जनभन्दा बढी कलाकारहरु कतार आउने भएका छन् । चितवन धमाका साँझ २०१६ मा नेपालका ख्यातीप्राप्त कलाकार र कतारमा बस्दै आएका नेपाली कतारहरुको बजोड प्रस्तुती रहने संस्थाका अध्यक्ष भुमिराज कार्कीले जानकारी दिए । आगामी जुलाई ८ तारिक शुक्रबारका दिन दोहाको सालिमार रेष्टुरेन्टमा बिहान ११ बजेबाट कार्यक्रम शुरु हुने अध्यक्ष कार्कीले बताए ।
सांगितिक कार्यक्रमसहित भूमिका पहिलोपटक कतार आउन लागेकी हुन् । लोक दोहोरी गायनको क्षेत्रमा छिट्टै नै सफलताको मार्ग पहिल्याएकी गायिका गिरीका ‘लौका चाख्ने मौका देऊ’ र ‘त्यो दिलभित्र नाम’ जस्ता थुप्रै लोकदोहोरी गीतमा उनले स्वर दिएकी छन् ।

Post a Comment

 
Top