काठमाडौं । पाँचौं पुष्पलाल स्मृती र्याङकिङ्ग राष्ट्रिय ब्याडमिन्टन पुरुष एकल उपाधिको लागि पूर्व विजेता त्रिभुवन आर्मीका रत्नजित तामाङ्ग र भोजपुरका विकास श्रेष्ठको भिडन्त हुने भएको छ ।
सोमबार भएको सेमिफाइनलमा रत्नले नेपाल प्रहरीका बिष्णु कटुवाललाई २१-९, २१-४ले र विकासले सेनाका दीपेश धामीलाई २१-१७ र २१-१६ले पराजित गरे ।
महिला तर्फको खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै अमिता गिरीमाथि २१-८, १८-२१ र २१-१४ को जित निकाल्दै फाइनलमा अनुमाया राईसंग प्रतिस्पर्धा गर्ने भएकी छिन् । अनुले सेमिमा सेनकै जेशिका गुरुङ्गलाई १४-२१, २१-१८ र २१-१५ले पराजित गरिन् ।
यु-१७ छात्र तर्फ कञ्चनपुरका चिरन बिष्ट र सुनिल जोशी फाइनल पुगे । चिरनले सेनाका रुकेश महर्जनलाई २१-१९, २४-२२ले र सुनिलले सेनाकै प्रफुल महर्जनलाई २१-१५, १४-२१ र २१-१९ले पराजित गरे ।
छात्रा तर्फ सेनाका जेशिका गुरुङ्ग र मेघा चन्द फाइनल प्रवेश गरेका छन् । जेशिकाले सेनाकै रशिला महर्जनलाई २१-१६ र २१-१४ले र मेघाले कन्चनपुरकी रञ्जना भट्टलाई २१-१२, १७-२१ र २१-१२ले पराजित गरेका थिए ।
पुरुष युगल तर्फ सेनाका रत्नजित र नविन श्रेष्ठको जोडी तथा दिपेश धामी र सुरोजको जोडी फाइनल प्रवेश गरेका छन् । रत्नको जोडीले भोजपुरका विकास श्रेष्ठ र ललितपुरका राम राईको जोडीलाई २१-१४ र २१-११ले तथा दिपेशको जोडीले एपिएफका सुदीप सेढाई र विजितको जोडीलाई २१-१८ र २१-१५ले पराजित गरे ।
महिला युगल तर्फ सेनाका नङ्गशल तामाङ्ग र अमिता गिरी तथा एपिएफका पुजा श्रेष्ठ र विना तुलाचनको जोडी फाइनल प्रवेश गरेका छन् । नङ्गशलको जोडीले एपिएफका शोभा गौचन र सिता राईको जोडीलाई २१-१२, २१-१० तथा पुजाको जोडीले कैलालीकी दुर्गा भन्डारी र ललितपुरकी सुजा राईको जोडीलाई २१-१४ र २१- ११ ले परातिज गर्दै फाइन यात्र तय गरे ।
source:http://www.onlinekhabar.com/2016/06/442780/
Post a Comment