दुनियामा नग्नता भन्ने चिज अब लाजगालको विषय भन्दा पनि व्यापारको विषय बन्न थालेको छ । बेलायतको लन्डन तथा अस्ट्रेलियाको बाटो पछ्याउँदै जापानमा पनि अब निर्वस्त्र रेष्टुरेन्ट खुल्नेवाला छ ।
जापानमा आउँदो महिना देशकै पहिलो नेकेड रेष्टुरेन्ट खुल्दैछ । जसको नाम हुनेछ द अमृत । टोकियोमा आगामी जुलाई २९ मा यो रेष्टुरेन्ट खुल्नेछ ।
तर यो रेष्टुरेन्टमा प्रवेश पाउनु त्यति सजिलो भने हुनेछैन । यसका लागि निकै कडा नियम पालना गर्नुपर्नेछ । यहाँ प्रवेश देखि लिएर भोजन सम्मका सबै काम निर्वस्त्र भएर गर्नुपर्नेछ ।
तपाइँले चाहनुभयो भने यहीँ रेष्टुरेन्ट भित्र नांगै विवाह पनि गर्न सक्नुहुनेछ । तपाइँले पूरै नांगै पनि हुन सक्नुहुन्छ र कागजका अन्डरवेयर लगाउन पनि पाउनुहुन्छ ।
यो रेष्टुरेन्टमा मोटा मानिसहरुलाई प्रवेश दिइनेछैन । रेष्टुरेन्टको वेबसाइटमा एउटा लिष्ट उपलब्ध हुनेछ । जस अनुसार यदि ग्राहकको वजन जिउको उचाइको तुलनामा १५ किलोभन्दा बढि भएमा त्यस्ता ग्राहक रेष्टुरेन्टमा छिर्न पाउनेछैनन् । पहिले बुकिंग गराइसकेका ग्राहकको तौलबारे शंका लागेमा रेष्टुरेन्ट प्रवेश गर्ने बेला तौल लिइनेछ र तौल बढि पाइएमा छिर्न दिइनेछैन । यस्ता अयोग्य ग्राहकले जम्मा गरेको धरौटी समेत जफत हुनेछ ।
जिउमा टाटु भएकाहरुले पनि यो रेष्टुरेन्टमा प्रवेश पाउनेछैनन् । १८ देखि ६० वर्षसम्मका ग्राहक मात्र रेष्टुरेन्टमा प्रवेशका लागि योग्य हुनेछन् ।
यो रेष्टुरेन्टमा छिर्दा क्यामरा तथा मोबाइल फोन लग्न पाइनेछैन । यो रेष्टुरेन्टमा प्रवेश शुल्क ८० हजार जापानी येन तोकिएको छ । यदि पुरुष नर्तकीको नाच नहेर्नेहो भने १४ हजार येन तिरेरै रेष्टुरेन्टको सेवा लिन सकिनेछ । तर भोजनको रोजाइको आधारमा तपाइँको बिल २८ हजार सम्म पुग्न सक्नेछ ।
source:http://www.onlinekhabar.com/2016/06/442879/
Post a Comment