0
bookसिड्नी । सिड्नीमा रहेका नेपाली बिध्यार्थीहरूलाई लक्षित गरेर स्थानिय शैक्षिक अवस्था र यसको पछिल्लो अपडेटका बारेमा जानकारी गराउन एक दिने मेलाको आयोजना गरिएको छ ।
सिड्नीको बजारमा अग्रस्थानमा गनिएको एक्सपर्ट एजुकेशन एन्ड भिषा सिर्भिसेजले मंगलबार एक दिने शैक्षिक परामर्स मेलाको आयोजना गरेको हो । मेलामा अस्ट्रेलियामा छरिएर रहेका १४ वटा बिश्वबिद्यालयका प्रतिनिधीहरुले प्रत्यक्ष रुपमा बिध्यार्थीका जिज्ञासा र शैक्षिक सेवाका बारेमा जानकारी गराएका थिए । एक दिनमा दुइ सय बिध्यार्थीहरुले परामर्श लिनुका साथै आवश्यक सरसल्लाह र सहयोग लिएको एक्सपर्टका बद्री अर्यालले बताए ।
बिश्वबिद्यालयलाई  प्रत्यक्ष रुपमा जोड्ने र भेटघाटका साथै आवश्यक परामर्श दिने कार्य नौलो भएको र यसवाट नेपाली विध्यार्थीले फाइदा पुग्ने अर्यालले सुनाए ।
कार्यक्रममा अस्ट्रेलियामा उच्च अध्यनका क्रममा परिवर्तन हुदैगरेको भिषा र त्यसवाट पुग्ने असरका बारेमा समेत बिशेषज्ञहरुसँग छलफल चलाइएको कुरा एक्सपर्टका निर्देशक सन्जिव शर्माले बताए ।
यस्ता खाले भेटघाटवाट बिध्यार्थीले आफुले पढेको बिषय र त्यसको संभावना र आगामी रोजाइका बारेमा समेत प्रत्यक्ष जानकारी लिन सक्ने कुरा शर्माले सुनाए ।
कार्यक्रममा सहभागी बिध्यार्थी आकास पन्तले शैक्षिक परामर्श केन्द्रले गरेको यो मेला बिध्यार्थीको लागि हितकर रहेको बताए । पन्तले भने , हामीलाई धेरै कुरा थाहा हुँदो रहेनछ ,बाहिर हल्ला र कन्सलटेन्सीको कुरा मात्र सुनिएको हुन्छ , पढेको बिश्वबिद्यालयका प्रतिनिधीसँग  प्रत्यक्ष कुराकानीवाट धेरै नया कुरा जान्ने मौका मिल्यो ।
बास्तवमा बिध्यार्थीलाई बिश्वबिद्ययालयसँग जोड्दा यसले सबै कुरा स्पष्ट हुन्छ र यो सेवाग्रहीको दायित्व पनि हो , हामीले बर्षेनी दुइ पटक यो मेलालाई नियमित गर्ने भएका छौ ,संजिवले जानकारी गराए । उनका अनुसार यस पटक मेलवर्न ,ब्रिसबेन र एडिलेडवाट समेत बिश्वबिद्यालयका प्रतिनिधीहरु सिड्नी आएका थिए ।
एक दिने मेला भएपनि यसको महत्व र आयोजना अर्थपुर्ण रहेको सहभागि कृष्ण तिवारीले बताए । सन्चारकर्मी समेत रहेका तिवारीले अस्ट्रेलियामा बर्षेनी परिवर्तन हुने शिक्षा निती र भबिष्यको योजना बुन्नका लागि यस्ता मेला आवश्यक रहेको बताए । बिश्वबिद्यालयका प्रतिनिधीहरुले समेत भेला उपलब्धिमूलक भएको बताए ।

Post a Comment

 
Top