युएई । भ्रमण र रोजगारीका क्रममा तीन जना झापालीको निधनले युएईबासी नेपाली शोकमा डुबेका छन् । गत जेठ २१ गते भिजिट भिसामा युएई आएका धाइजन-३ का २१ वषिर्य विशाल मेचेको असार २ गते युएईको सारजहामा निधन भएको छ ।
दाजु अमित मेचेले आफ्नी श्रीमती र भाइलाईसँगै युएई बोलाएकामा भाइ विशालको अचानक हृदयाघात भएको बताइएको छ ।
सारजहाको कास्मिरा हस्पिटलमा राखिएको विशालको शव थप अनुसन्धानका लागि दुबईको सोनापुरमा राखिएको झापाली समाज, युहएईका अध्यक्ष मोहन शिवाकोटीले जानकारी दिएका छन् ।
सारजहाको कास्मिरा हस्पिटलमा राखिएको विशालको शव थप अनुसन्धानका लागि दुबईको सोनापुरमा राखिएको झापाली समाज, युहएईका अध्यक्ष मोहन शिवाकोटीले जानकारी दिएका छन् ।
निजको शव नेपालसम्म पुर्याउनका लागि धेरै खर्च लाग्ने भएका कारण झापाली समाज, युएईको अग्रसरतामा आर्थिक संकलन अभियान तीव्र पारिएको समाजका अध्यक्ष शिवाकोटीले बताएका छन् ।
यो समाचार तयार पार्दासम्म करिब १२ हजार दिराम्स (तीन लाख ६० हजार रुपँयाँ) संकलन भएको झापाली समाज, सारजहा क्षेत्रीय समितिका अध्यक्ष तथा अभियानका संयोजक रामकुमार राउतले जानकारी दिएका छन् । भिजिट भिसामा रहेको व्यक्तिको शव पठाउन सम्बन्धित परिवार जिम्मेवार हुनुपर्ने भएका कारण सहयोगका लागि युएईमा रहेका गुल्मी, धादिङ, चितवन, अर्घाखाँची लगायतका जिल्ला स्तरीय समाजहरु पनि सहयोग गर्न तयार भएका छन् ।
यस अभियानमा भारतीय, बंगाली र फिलिपिन्सका नागरिकहरुले सहयोग गरिरहेका छन् । अस्पतालको रिपोर्ट सामान्य आएको खण्डमा निजको शव एक साताभित्र नेपाल पठाउन सकिने जानकारी प्राप्त भएको छ ।
त्यसरी नै मेचीनगर-८ का प्रकाश सुब्बाको दुबईमा अचानक निधन भएको छ । करिब २ साताअघि सुतेकै स्थानमा ४२ वषिर्य सुब्बाको हृदयाघातकै कारण निधन भएको हो । दुबईको बर्केली कम्पनीमा कार्यरत सुब्बाको शव गत हप्ता नेपाल पठाइसकिएको सोही कम्पनीमा कार्यरत कमला खड्काले जानकारी दिएकी छिन् । कमलाका अनुसार निज सुब्बा दुई वर्षअघि युएई आएर बिदामा नेपाल जाने तरखरमा थिए ।
त्यसरी नै एक साताअघि दुबईको एक सेक्युरिटी कम्पनीमा कार्यरत चन्द्रगढी-८ झापाका लव सुवेदीको रहस्यमय निधन भएको छ । आत्महत्या भनी प्रचारित उक्त घटना हत्या वा आत्महत्या यसै भन्न नमिल्ने बताइएको छ । अनुसन्धानकै क्रममा रहेका कारण धेरै जानकारी दिन नसकिने अबुधाबीमा कार्यरत झापाली समाज, अबुधावी क्षेत्रीय समितिका शेषराज न्यौपानेले बताएका छन् ।
source:http://www.onlinekhabar.com/2016/06/443380/
Post a Comment